सुनचाँदीको मूल्य घट्यो, सोमबार कतिमा हुँदैछ कारोबार ?

0
Shares

सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलाको २ सय रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार २०० रुपैयाँ, तेजावी ९१ हजार ७ सय रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३१० रुपैयाँ कायम गरिएको छ ।

आइतबार छापावाला सुन तोलाको ९२ हजार ४ सय रुपैयाँ, तेजावी ९१ हजार ९ सय रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ असार २०७८, सोमबार  १२ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।