लक्ष्मी बैंक लिमिटेडले १० वर्ष अवधीका लागि ८.५ प्रतिशत व्याजदरमा ल्क्ष्मी बैंक डिबेन्चर २०८८ निष्कासन तथा बिक्री खुला गरेको छ।
बैंकले दीर्घकालीन कर्जा लगानीको स्रोत जुटाउन वार्षिक ८.५० प्रतिशत ब्याजदरमा दश वर्ष अवधिको ऋणपत्र बिक्री गर्न लागेको हो ।
बैंकले प्रति इकाई १ हजार रुपैयाँ अंकित दरमा कुल २० लाख इकाई ऋणपत्र निष्कासन गर्नेछ । कूल निष्काशित ऋणपत्रमध्ये ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि बिक्रीमा आउनेछ भने एक अर्ब २० करोड बराबरको १२ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट अन्य संस्थाहरुलाई बिक्री गर्नेछ ।
उक्त ऋणपत्र खरिदका लागि लगानीकर्ताले छिटोमा असार ३१ गते र ढिलोमा साउन ११ गतेसम्म आवेदन दिन पाउनेछन् । आवेदन पेश गर्दा न्यूनतम २५ कित्ता र अधिकमत १ लाख कित्ता सम्मका लागि आवेदन दिन सकिने छ ।
ऋणपत्रमा सिडिएससीके मेरो शेयर एप तथा वेवसाइटका साथै नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिन्छ ।
ऋणपत्र बिक्री गर्न बैंकले नेपाल धितोपत्र बोर्डबाट असार १५ गते मंगलबार अनुमति पाएको थियो । ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया