‘प्रोफिट बुकिङ्’ र सर्वोच्चको फैसला प्रभावले शेयरबजारमा तिब्र गिरावट

0
Shares

अघिल्लो दिन झण्डै ७५ अंकले बढेको शेयर बजारमा सोमबार प्रोफिट बुकिङ् र सर्वोच्चको फैशला प्रभावले तिब्र गिरावट आएको छ । बजार खुलेको सुरुवाती अवस्थामा दोहोरो अंकले बढेको बजार सर्वोच्चको फैशलापछि ओरालो लागेको हो।

आइतबार ७५ अंक बढेपछि बजारले सुधारको बाटो लिने विश्वासले सोमबारको सुरुवाती कारोबारमा बजार सकारात्मक रहेपनि प्रोफिट बुकिङ्ले बिक्री चाप पर्दा बजार ओरालो लाग्न पुग्यो ।

बजार चलिरहदा सर्वोच्च अदालतले संसद पुनस्थापनाको फैशाला सुनाएपछि तिब्र गिरावट आयो। सर्वोच्चको संवैधानिक इजलासले आज १४६ सांसदले दायर गरेको मुद्दामा फैसला गर्दै संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ । राजनीतिक अन्योलता झनै बढेर जाने अनुमानले पनि शेयर बिक्रीमा चाप परेको हो।

बजार घटेपनि कारोबार रकमले भने साथ दिएको छ । सोमबार झन्डै १० अर्ब रुपैयाँको कारोबार भएको छ ।साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ४५.०६ अंक घटेर २८५४.७६ विन्दुमा पुगेको छ ।

सोमबार बजारमा २२९ कम्पनीको ९२ हजार १९२ पटकको कारोबारमा ९ अर्ब ९८ करोड २६ हजार रुपैयाँ बराबरको २ करोड ६० लाख २१ हजार १०४ कित्ता शेयर खरिद बिक्री भएको छ ।

यस दिन निर्धन उत्थान लघुवित्तको ४७ करोड २६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन एनआईसी एशियाको करिब ३४ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबारको कारोबारमा समृद्धि फाइनान्सको शेयरमूल्य सर्वाधिक बढेको छ । यस दिन समृद्धि फाइनान्सको शेयर मूल्य प्रतिकित्ता ५.२४ प्रतिशतका दरले बढेको हो । यस्तै, १०.२५% केबिएल डिबेञ्चर २०८६, १०.२५% एनबिएल डिबेञ्चर २०८५ र सिटिजन म्युचुअल फण्ड २ को शेयर मूल्य प्रतिकित्ता ३ प्रतिशत भन्दा धेरैका दरले बढेको छ ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूह बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । सोमबार म्युचुअल फण्ड उपसमूहको परिसूचक दिन ०.१६ प्रतिशतले बढेको हो ।

होटल एण्ड टुरिजमम, विकास बैंक, जलविद्युत र इन्भेष्टमेन्ट उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।बैंकिङ्ग, व्यापार, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

यस दिन यूनियन हाइड्रोपावर, खानीखोला हाइड्रो पावर र ओरियन्टल होटलको शेयर मूल्य प्रतिकित्ता ५ प्रतिशत धेरैका दरले घटेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २८ असार २०७८, सोमबार  १५ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।