कामना सेवा विकास बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । जसका लागि बैंकले बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
बैंकले एक हजार रुपैयाँ अंकित दरका १० लाख कित्ताले हुन आउने एक अर्ब रुपैयाँ बराबरको ९ ५ केएसबिबिइएल डिबेन्चर २०८८ ऋणपत्र जारी गर्ने भएको हो ।
बिक्रीप्रबन्धकको नियुक्ति सम्बन्धमा मिति २०७८, असार २८ गतेका दिन बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेत र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौता–पत्रमा हस्ताक्षर गरे।
कामना सेवा विकास बैंक लिमिटेड राष्ट्रिय स्तरको विकास बैंक हो । यस बैंकको संस्थापकहरुमा सरकारी सेवा, विभिन्न संघ संस्थाहरुमा आवद्ध एवं व्यवस्थापनमा राम्रो अनुभव तथा व्यावसायिक दख्खल भएका प्रतिष्ठित व्यवसायीहरु संलग्न छन् ।
बैंकले हाल १२८ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्शन काउन्टर तथा ७० वटा एटिएम मार्फत आफ्नो सेवाहरु प्रवाहगर्दै आएको छ साथै सोसिएल मिडिया बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, भाइबार बैंकिङ्ग जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया