प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार दिउँसो २ बजे देशबासीको नाममा सम्बोधन गर्ने भएका हुन्।

सोमबार सर्वोच्च अदालतले केपी हर्मा ओलीले गत जेठ ८ गते गरेको संसद विघटनको निर्णय बदर गर्दै शेरबहादुर देउवालाई मंगलबार साँझ ५ बजेभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।

त्यसभन्दा अघि प्रधानमन्त्री ओलीले देशबासीका नाममा विशेष सम्बोधन गरेर बालुवाटार छोड्ने तयारी गरेका हुन् ।

देशबासीको नाममा सम्बोधन गर्नुअघि नै दिउँसो १ बजे बालुवाटारमा नेकपा एमालेको स्थायी समिति बैठक समेत डाकिएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ असार २०७८, मंगलबार  ११ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।