बढ्यो सुन चाँदीको भाउ

0
Shares

मंगलबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी मअहासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलाको २०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँ, तेजावी ९१ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३२० रुपैयाँ कायम गरिएको छ ।

सोमबार छापावाला सुन तोलाको ९२ हजार २०० रुपैयाँ, तेजावी ९१ हजार ७०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ असार २०७८, मंगलबार  ११ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।