काठमाण्डौंका गल्ली गल्लीमा चल्ने सार्वजनीक यातायात, माइक्रो, टेम्पो र सार्वजनीक भीडभाड हुने ठाँउमा पाकेटमाराको बिगबिगि भएको र धेरैजना लुटिएको खवर हामीले सुन्दै आएका छौ ।
पाकेटमाराको आफ्नै भाषा हुन्छ जसलाई सर्वसाधरणले कमै बुझ्ने गरेका छन् ।
बढी पैसा लिएर हिडनु पर्ने अवस्थामा एक्लै हिँड्दा र सार्वजनिक सवारी प्रयोग गर्दा पाकेटमारादेखि सावधान हुनु पर्दछ ।
भीडभाड हुने क्षेत्रमा जाँदा वा किनमेल गर्दा आफ्नो पर्स –व्याग पकेट आदीको राम्रो ख्याल खरियन भनेपनि हामी सजिलै पाकेटमाराको सिकार बन्ने गछौँ ।
काठमाण्डौंका सार्वजनिक गाडीहरुमा पाकेटमारा हुन्छन् भन्ने धेरैलाई थाहा हुन्छ । त्यसैको डरले बढी पैसा बोक्नु पर्ने अवश्था मान्छे अझ बढी डराइरहेको हुन्छ । यसरी आफुसंग पैसा भएजस्तो भान गराउनु भनेको पाकेटमारालाई निमन्त्रण दिनु जस्तै हो ।
कस्ता व्यक्ति पाकेटमारा हुन सक्छन् ?
पाकेटमारा पनि सर्वसाधरण मान्छे जस्तै हुन्छ । तर उसका हाउभाउ र बोली चालीका शब्द भने पक्कै फरक हुन्छ । महानगरीय अपराध महाअशाखाकाले उपलब्ध गराएको तथ्यांक अनुसार यस्ता व्यक्ति पाकेटमारा हुने गरेका छन् ।
क) गाडीमा पैसा झरेछ कसको हो वा पाकेटमार छ कि क्या हो भने पछि उक्त गाडीमा पाकेटमारको समूह छ भन्ने एकिन हुन्छ । उनिहरु मानिसले –यात्रुहरुले पैसा कहां राखेका छन् भनि एकिन गर्न उक्त वाक्यको प्रयोग गर्ने गर्दछन् ।
ख) आफु वसेको सिटमा वा उभिएको ठाउंमा मानिसको हर्कत माथि ध्यान दिन उसले धेरै धक्का मक्का तथा च्यापचुप गर्न थालेमा पाकेटमार हुन सक्छ ।
ग) कुनै समूह अरु सिट हुंदा हुंदै पनि अर्काको सिटमा बढी भिडभाड गर्ने तथा त्यही सिटमा आएर झ्याल तिर थुक्ने वहाना वनाउने वा झर्नुछ भनि सिट सार्नु खोजेमा उक्त व्यक्ति पाकेटमार हुन सक्छ ।
घ) बसहरुमा कोड भाषा प्रयोग गरीरहेका भए (जस्तो:- दह– पैसा, सेतो – हजारको नोट गरेमा उनीहरु गाडीमा छन् भन्ने एकिन हुन्छ .।
महाशाखाका अनुसार पाकेटमारको समुहमा कुराहरु हुदाँ यस्ता शब्दहरु प्रयोग हुने गरेका छन् ।
टिनुवा – पाकेटमार
खडी – लुटपाट
घोप्टे – खुकुरी
चिसो – छुरी – चक्कू
धुब्रदाई – पैसावाला मानिस
कान – मोवाईल
दस्ती तोड – रुपैया निकाल
दह – रुपैया निकाल
थान – रु १००० को नोट
गज – रु १०० को नोट
सेतो आधा – रु ५००को नोट
टिप्ली मास्टर – पाकेटमारको मेन मानिस
ढेक – पाकेटमार्दा छेकछाक गर्ने मानिस
ठुला – सादा पोशाकको प्रहरी
लाटा – युनिर्फमको प्रहरी
मानबेचे – प्रहरी भ्यान
डे – केरकारको प्रहरी
टिप – मुद्रा पैसा खसाली टिप्न भनि अरुको खल्तीबाट निकाल्ने
निलचरी – आर्मी /सशस्त्र प्रहरी ÷
बिरालो – सेतो भ्यान
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया