निर्धन उत्थान लघुवित्तको बोनस शेयर वितरण

0
Shares

निर्धन उत्थान लघुवित्तले बोनस शेयर वितरण गरेको छ । लघुवित्तले १३ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।

लघुवित्तले २०७७ फागुन १० गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको खातामा बोनस शेयर जम्मा गरेको जनाएको छ ।

उक्त अवधिसम्म पनि शेयर अभौतिकरण नगरेका शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गराई आफ्नो खाताको विवरण बुझाउन समेत लघुवित्तले अनुरोध गरेको छ ।

२०७७ फागुन २५ गते सम्पन्न लघुवित्तको २२ औं वार्षिक साधारण सभाले १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

लघुवित्तको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० असार २०७८, बुधबार  ११ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।