घुस लेनदेन गर्ने प्रहरी हवल्दार र सुन व्यवसायी विरुद्ध आरोपपत्र दायर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका प्रहरी हवल्दार लगायत दुई जना विरुद्ध भ्रष्टाचार गरेको आरोपमा वशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको छ ।

आयोगले नेपाल प्रहरीका प्रहरी हवल्दार बाबुराम घिमिरे र सुन व्यवसायी राजकुमार स्वर्णकार विरुद्ध आरोपपत्र दायर गरेको हो ।

प्रहरी हवल्दार बाबुराम र सुन व्यवसायी राजकुमारले सेवाग्राहीसंग ३ लाख ९९ हजार ५०० रुपैयाँ घुस लिई भ्रष्टाचार गरेको गरेका हुन्।

उनीहरुले अर्को सुन व्यवसायीको प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो मा भएको मुद्दा मिलाई दिने भन्दै उक्त घुस रकम माग गरेका थिए ।

अनुसन्धानका क्रममा प्रहरी हवल्दार बाबुराम घिमिरेले सेवाग्राहीलाई सुन तस्करको मुद्दा केन्द्रीय अनुसन्धान व्यूरोमा भएको नक्कली फाइल खडा गरी रकम नदिएमा पक्राउ गरी मुद्दा चलाउने डरत्रास धम्की दिदै प्रतिवादी राजकुमार स्वर्णकारसँग मिलेर उक्त घुस रकम लिएको पुष्टि भएको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ३० असार २०७८, बुधबार  १२ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।