सर्लाहीबाट स्रोत नखुलेको ५ लाख रुपैयाँ सहित एकजना पक्राउ

0
Shares

नेपाल प्रहरीले सर्लाहीको सदरमुकाम मलंगवाबाट स्रोत नखुलेकको ५ लाख रुपैयाँ नगद सहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले मलंगवा नगरपालिका–८ झिलमिलिया माई मन्दिर नजिकबाट १ हजार दरको ५ सय थान गरी जम्मा ५ लाख रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको हो ।

मंगलबार साँझ प्रहरीले मलंगवा नगरपालिका–३ बस्ने ३० वर्षीया रेहाना खातुनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० असार २०७८, बुधबार  १४ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।