पछिल्लो २४ घण्टामा २ हजार ९०५ सङ्क्रमित थपिए, १८ को निधन

0
Shares

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ९०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार २४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

मुलुकभर ८ हजार १०८ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार १० जनामा र ४ हजार ९१६ जनाको एन्टिजेन परीक्षण गर्दा ८९५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६०६ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ६ लाख २४ हजार ७११ पुगेको छ । नेपालमा निको हुनेको दर ९४.५०  प्रतिशत रहेको छ । सक्रिय संक्रमित ४.०३ प्रतिशत र मृत्यु १.४३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा १८ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ४३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४२५ जना सङ्क्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा २९४, भक्तपुरमा ६७ र ललितपुरमा ६२ जना सङ्क्रमित भेटिएका हुन् । हालसम्म ३७ लाख ३० हजारले खोप लगाएका छन् । ११ लाखले दुवै चरणको खोप पूरा गरेको कार्यक्रममा जानकारी दिइएको छ ।

कोरोनाका कारण स्वास्थ्यसम्बन्धी कुनै समस्या देखिएमा ११३३ टोल फ्रि नं २४ सै घण्टा खुला रहने मन्त्रालय जनाएको छ । स्वास्थ्य सावधानी अपनाउँदै भौतिक दूरी कायम गर्न, सकेसम्म बाहिर ननिस्कन र निस्कनु परेमा अनिवार्यरुपमा मास्कसहित स्वास्थ्य सुरक्षाका विधि अपनाउन पनि मन्त्रालयले आह्वान गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ३० असार २०७८, बुधबार  १७ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।