गण्डकी प्रदेशको बजेट प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोध र बहिष्कारका बीच पारित भएको छ ।
एमालेले प्रदेशसभाको बैठक लगातार अवरोध गरेपछि मार्सल लगाएर बुधबार बजेट पारित गरिएको हो ।
बैठक शुरु हुनासाथ नेकपा एमालेका प्रदेशसभा सदस्यले बेल घेराउ गरेपछि मार्सल लगाइएको थियो ।
केही समय मर्यादापालक र प्रतिपक्षका सदस्यबीच धकेलाधकेल भएको थियो । विरोधका बाबजुद पनि बैठक अघि बढेपछि एमालेका सदस्यले प्रदेशसभा बहिष्कार गरेका थिए ।
प्रतिपक्षको बहिष्कारका बीच अर्थमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विनियोजन विधेयक लगायत विधेयक पारित गर्न राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।
आफ्नो सरकारको पालामा ल्याएका विभिन्न योजनाको बजेट कटौती लगायतका विषयमा नेकपा एमाले असहमति जनाउँदै आएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया