असारको अन्तिम दिन सुनचाँदी दुबैको मूल्य बढ्यो

0
Shares

चालु आर्थिक वर्ष २०७७/०७८ को अन्तिम दिन बिहीबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ, तेजावी ९२ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ३२० रुपैयाँ कायम गरिएको छ ।

बुधबार छापावाला सुन तोलाको ९२ हजार ७०० रुपैयाँ, तेजावी ९२ हजार २०० रुपैयाँ र चाँदी १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ असार २०७८, बिहीबार  ११ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।