एनएमबि बैंकको आर्टिफिसियल ईन्टेलिजेन्सयुक्त ‘एनएमबि सापटी’ कर्जाबाट हजार बढी ग्राहक लाभान्वित

0
Shares

एनएमबि बैंकले बैंकिङ्ग जगतमै पहिलो पटक पूर्ण रुपमा आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालनमा ल्याएको सरल कर्जा ‘एनएमबि सापटी’ सेवा लिने ग्राहकको संख्या एक हजार पुगेको छ । जस अन्तर्गत ६ करोड भन्दा बढी कर्जा प्रवाह भईसकेको बैंकले जनाएको छ ।

उक्त कर्जा अन्तर्गत कर्जा प्रवाहको लागि आवेदन देखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने प्रावधान छ । यो सेवा बैंकसम्म नधाईकनै मोवाईलको प्रयोग बाट आवेदन दिएको ५ मिनेट भित्र नै प्राप्त गर्न सकिन्छ ।

नेपालमा १ करोड भन्दा बढी बचत खाता रहेको छ, जसमा लगभग १६ लाख ग्राहकले मात्र कर्जा सुविधा लिन सफल रहेको देखिन्छ । डिजिटल कर्जामा ग्राहकहरुको खासै पहूँच नदेखिएको अवस्थामा एनएमबिले भने एनएमबि सापटी योजना मार्फत जनचेतना अभिबृद्धिको साथै स–साना कर्जामा केन्द्रित रहेर ग्राहकहरुलाई डिजिटल कर्जा प्रवाह गरिरहेको छ ।

एनएमबि सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै यस बैंकमा तलव खाता हुने र व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपुर्तिको लागी प्रदान गरिने एक छोटो अवधिको धितो विनाको कर्जा हो ।

एनएमबि बैंकमा तलव खाता हुने र व्यक्तिगत कर्जा भएका ग्राहकहरुलाई २४ महिना सम्मको लचिलो अवधि सहित क्रमशः रु. १ लाख र रु. २ लाख सम्म २४ अ‍ै घण्टा र ७ अ‍ै दिन कर्जा तुरुन्त उपलब्ध गराउदै आइएको छ । ग्राहकहरुले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आदि आफ्नो सहजताको आधारमा छनौट गर्न सक्नेछन् ।

अन्त्यमा, सुरक्षित रही डिजिटल संरचनाहरुको प्रयोग गर्नुहुन, सुरक्षा सम्बन्धि नियम पालना गरी आफु र आफ्नो परिवारलाई कोभिडको महामारीबाट सुरक्षित हुने उपायहरु अवलम्वन गर्नुहुन समेत बैंकले अनुरोध गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

 

प्रकाशित मिति: ३१ असार २०७८, बिहीबार  १४ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।