चालु आर्थिक वर्ष २०७७/७८ को अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बिहीबार नेप्से सूचक ०.३९ प्रतिशत अर्थात ११.३३ अंकले बढेर २८८३.३८ अंकमा पुगेको छ । यस्तै ठूला कारोबार मापन गर्ने इन्डेक्स सेन्सेटिभ पनि १.९३ अंकले बढेर ५४१.३१ अंकमा पुगेको छ ।
बिहीबार कूल २२३ वटा कम्पनीको ५ करोड ८५ लाख २ हजार १०९ कित्ता शेयर ७३ हजार २७२ पटक खरिद बिक्री हुँदा ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३०२ रुपैयाँको कारोबार भएको छ ।
७ वटा समूहको परिसूचक बढ्यो, जलविद्युत र फाइनान्स
नेप्सेका अनुसार बिहीबार कारोबारमा आएका १३ मध्ये ७ वटा उपसमूहको परिसूचक बढेको छ भने ६ समूहको सूचक घटेको छ ।
जलविद्युत र फाइनान्सको सूचक करिब २ प्रतिशतले बढेको छ भने बैंकिङ, ब्यापार, निर्जीवन बीमा, लघुवित्त र म्युचुअल फण्डको सूचक सामान्य बढेको छ ।
उता होटल र पर्यटनमुलक सूचक साढे १ प्रतिशतले घट्दा विकास बैंक, उत्पादन, अन्य, जीवन बीमा, र लगानी सूचक सामान्य घटेका छन् ।
गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार
बिहीबार गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३६ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
त्यसैगरी एनआईसी एशिया बैंकको ३३ करोड, मेरो माइक्रोफाइनान्स संस्थापक २३ करोड, मञ्जुश्री फाइनान्स २३ करोड, नेपाल लाइफ इन्स्योरेन्स २० करोड, नेशनल हाइड्रोपावर कम्पनीको १६ करोड, ङादी ग्रुप पावर कम्पनी १५ करोड, नेपाल पूनर्बीमा कम्पनी १५ करोड, युनाइटेड मोदी हाइड्रोपावरको १४ करोड र अरुण काबेली पावरको साढे १३ करोडको शेयर कारोबार भएको छ ।
ङादी ग्रुप पावरका लगानीकर्ताले धेरै कमाउँदा कृषि विकास बैंकको ऋणपत्रको मूल्य घट्यो
बिहीबार कारोबारमा आएको कम्पनीमध्ये ङादी ग्रुप पावरको सर्वाधिक ९.४० प्रतिशत बढेको छ ।
त्यसैगरी रैराङ्ग हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८.९१ प्रतिशत, गणपति माइक्रोफाइनान्स ७.८८, मञ्जुश्री फाइनान्स ७.८३, एनआईबिएल समृद्धि फण्ड १ को ७.७८, लिबर्टी इनर्जीको शेयरमूल्य ७.०४ प्रतिशतले बढेको छ ।
त्यसैगरी, यस दिन कृषि विकास बैंकको ऋणपत्रको सबैभन्दा धेरै ३.९० प्रतिशत घटेको छ । सिभिल लघुवित्त, लक्ष्मी इक्वीटी फण्ड, ओरियन्टल होटल, सोल्टी होटल र युनिलिभरको शेयरमूल्य २ प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया