अरुण भ्याली हाइड्रोपावरको हकप्रद सूचीकृत

0
Shares

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (AHPC) ले जारी गरेको चुक्ता पूँजीके ५० प्रतिशत हकप्रद सूचीकृत भएको छ ।

शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

अरुण भ्यालीले २०७८ वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म १ बराबर ०.५ को अनुपातमा प्रतिशेयर अंकित मूल्य १०० रूपैयाँ अंकित दरको ५२ लाख ४१ हजार १९७ सय कित्ता हकप्रद शेयर बिक्री गरेको थियो । सोही शेयर शुक्रबार सूचीकृत भएको हो ।

शुक्रबार शेयर सूचीकृत भएसँगै कम्पनीको हकप्रदमा आवेदन दिएका लगानीकर्ताले आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।

उक्त शेयरमा ४ लाख ३५ हजार ८९४ कित्ता शेयर अवितरित भएपछि कम्पनीले असार ९ देखि १६ गतेसम्म लिलाम बढाबढमा बिक्री गरेर असार २१ गते बोलपत्र खोली २४ गते बाँडफाँड गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ साउन २०७८, शुक्रबार  ११ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।