पुनर्बीमा कम्पनीको बीमाशुल्क २०% ले बढ्यो, खुद नाफा साढे ९१ करोड

0
Shares

नेपाल पुनर्बीमा कम्पनी (NRIC) ले गत आवको तेस्रो त्रैमाससम्ममा खुद बीमाशुल्क करीब २० प्रतिशतले बढेको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले गत आवको तेस्रो त्रैमासमम्मा ५ अर्ब ९२ करोड ५६ लाख ९४ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले निर्जीवन व्यवसायबाट ५ अर्ब २२ करोड ६१ लाख र जीवन बीमा व्यवसायबाट ६९ करोड ९५ लाख रुपैयाँ गरी कुल ५ अर्ब ९२ करोड ५६ लाख ९४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले जीवन र निर्जीवन गरी ४ अर्ब ९४ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन १९.९४ प्रतिशतले बढेको हो ।

कम्पनीले तेस्रो त्रैमाससम्ममा ९२ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले निर्जीवन बीमा व्यवसाय ८२ करोड ४७ लाख र जीवन बीमा व्यवसाय १० करोड १० लाख रुपैयाँ गरी कुल ९२ करोड रुपैयाँ खुद नाफा संकलन गरेको हो ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा खुद नाफा १.०५ प्रतिशतले मात्र धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले जीवन र निर्जीवन बीमा व्यवसायबाट ९१ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो ।

चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १२.३४ रुपैयाँ छ । जगेडा कोषमा ३ अर्ब ३६ करोड ९८ लाख रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ५ पैसा छ ।

कम्पनीको बीमा कोषमा २ अर्ब ३ करोड ५३ लाख रुपैयाँ सञ्चित छ । जगेडा कोषमा ३ अर्ब ३६ करोड ९८ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ३ करोड ५३ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले पुनर्बीमा कमिशन बापत १ करोड ८७ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ३१ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

गत आवको तेस्रो त्रैमासको अवधिमा कम्पनीले निर्जीवन बीमातर्फ १ अर्ब ७० करोड ९० लाख रुपैयाँ र जीवन बीमातर्फ २८ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

 

प्रकाशित मिति: १ साउन २०७८, शुक्रबार  ११ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।