नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रबन्धक सञ्चालक सुधिर कुमार श्रेष्ठले आफ्नो पदबाट राजीना स्वीकृत भएको छ ।
बिहीबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठले दिएको राजीनामा शुक्रबारदेखि लागू हुनेगरी स्वीकृत गरेको हो ।
साथै सो बैठकले कम्पनीको नायब महाप्रबन्धक भागनारायण साहुलाई साउन १ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको कम्पनी सचिव ऋषिप्रसाद न्यौपानेले जानकारी दिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया