भैरहवा भन्सार तीन वर्षपछि राजस्व असुलीमा सफल

0
Shares

कोरोना सङ्क्रमणका कारण राज्यका विभिन्न निकाय राजश्व असुलीमा असफल भइरहेका बेला भैरहवा भन्सार कार्यालय भने लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको छ ।

भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले विगतका वर्षको तुलनामा आर्थिक गतिविधि बढेसँगै राजश्व असुली बढेको बताए ।

आव २०७७/७८ को असार सम्ममा भन्सार कार्यालयले ११२.५४ प्रतिशत राजश्व असुली गरेको छ । उक्त राजश्व सङ्कलन वार्षिक लक्ष्यभन्दा १२.५४ प्रतिशत बढी हो ।

आव २०७४÷७५ मा ८१ अर्ब ४३ करोड ७७ लाख ९२ हजार लक्ष्य तोकिएकामा ८६ प्रतिशत मात्र अर्थात् ७० अर्ब २८ करोड ९३ लाख पाँच हजार राजश्व असुली भएको कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।

यसैगरी आव २०७५/७६ मा पनि कार्यालयले ९३ अर्ब ९५ करोड ९७ लाख ७३ हजार असुलीको लक्ष्य पाएकामा ८८ प्रतिशत अर्थात् ८२ करोड ३० लाख ५३ लाख ३३ हजार मात्र असुल गर्न सकेको थियो ।

सबैभन्दा कम राजश्व आव २०७६÷७७ मा असुल भएको थियो । अहिलेसम्मकै सबैभन्दा बढी एक खर्ब ६ अर्ब ८८ लाख ८६ हजार लक्ष्य तोकिएकामा कार्यालय ६६ प्रतिशत अर्थात् ७० अर्ब २९ करोड १५ लाख ९७ हजार राजश्व मात्र असुल्न सफल भएको थियो ।

आव २०७७/०७८ मा भन्सार कार्यालयले विगत तीन वर्षको राजश्व असुलीको असफलता तोड्दै ११२.५४ प्रतिशत राजश्व असुली गरेको छ ।

आव २०७७/७८ मा ९९ अर्ब ६६ करोड रुपैयाँ राजश्व असुली लक्ष्य पाएको कार्यालयले एक खर्ब १२ अर्ब रुपैयाँ राजश्व असुली गरेको छ ।

गत मङ्सिरमा कार्यालय प्रमुख भएर आएका पौडेलले भन्सारमा नियमित रूपमा आन्तरिक नियन्त्रण छड्के जाँच, अनलाइन मनिटरिङ, हरेक दिनको कारोबारको आलेप अर्को दिन गर्ने प्रणालीको शुरुआत र वैध व्यापारलाई प्रोत्साहन हुने गरी डेस्क सञ्चालन गरेसँगै राजश्व असुलीमा सफलता हासिल भएको बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २ साउन २०७८, शनिबार  १५ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।