पछिल्लो २४ घण्टामा थप १,८७५ मा कोरोना सङ्क्रमण पुष्टि

0
Shares

पछिल्लो २४ घण्टामा थप एक हजार ८७५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ६६ जनामा कोरोना परीक्षण गरिएको थियो । सोही अवधिमा २ हजार १६४ जना सङ्क्रमण मुक्त भएका छन् ।

हालसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ६५ हजार ८८६ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४८ हजार ३६२ सङ्क्रमण पुष्टि भएको छ ।

 

यस्तै हालसम्म सङ्क्रमितमध्ये ६ लाख ३० हजार ४०७ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २१ को मृत्यु भएसँगै हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको कूल सङ्ख्या ९ हजार ५२७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा १६१ मा कोरोना सङ्क्रमण पुष्टिः ४६९ जना सङ्क्रमणमुक्त

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ४६९ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

निको हुनेमा २०५ महिला र २६४ पुरुष छन् । योसँगै निको हुनेको सङ्ख्या हालसम्म ७० हजार ८५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा यो प्रदेशमा १६१ जना कोरोना सङ्क्रमित थपिएका छन् । कूल ६७९ जनाको पिसिआर परीक्षण गर्दा ७१ महिला र ९० पुरुषमा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये सुनसरीका ९२, मोरङका ३४, झापाका २३, धनकुटाका छ, भोजपुर, उदयपुर र तेह्रथुमका एक–एक र प्रदेश बाहिरका तीन रहेका छन् ।

यो सँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७७ हजार ९३७ पुगेको छ । अझै पनि प्रदेशमा सक्रिय सङ्क्रमित सङ्ख्या पाँच हजार ६३७ रहेको मन्त्रालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २ साउन २०७८, शनिबार  १८ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।