गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण बीमा समितिबाट असार २८ गते स्वीकृति भए सँगै बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीले बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ८१ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको हो ।
कम्पनीको सावधिक जीवन बीमालेख र बालबालिकाको सवाधिक बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार ४२ रुपैयाँ देखि ७७ रुपैयाँसम्म पाउनेछन् ।
कम्पनीको सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिअनुसार बीमितले प्रति हजार ५१ रुपैयाँदेखि ८१ रुपैयाँसम्म सावधिक बीमालेख अन्र्तगत बीमितले बीमा अवधिअनुसार ४१ रुपैयाँदेखि ५१ रुपैयाँ र गुराँस सुरक्षित भविष्य जीवन बीमालेखमा बीमा अवधि अनुसार बीमितले प्रतिहजार २३ रुपैयाँदेखि ४० रुपैयाँसम्म पाउनेछन् ।
उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ । साथै, बीमा समितिबाट अर्को मूल्याङ्कन प्रतिवेदन बमोजिम व्यवस्था नभएसम्मको लागि यहि बोनस दर नै कामय हुने कम्पनीले जानकारी दिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया