जापान पठाइदिन्छु भन्दै साढे ३९ लाख ठगी गर्ने ४ जना पक्राउ

0
Shares

नेपाल प्रहरीले जापान पठाइदिन्छु भन्दै ३९ लाख ६८ हजार ९ सय ९६ रुपैयाँ ठगी गरेको अभियोगमा ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं नयाँबजार बस्ने मकवानपुर हेटौंडाकी ३७ वर्षीया शुभद्रा परियार, नयाँबानेश्वर बस्ने ईलामकी ३३ वर्षीया पुजा राई, कपन बस्ने सिन्धुपाल्चोक बाह्रबिसेकी ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुर चाँगुनारायण नगरपालिका–७ खरिपाटी बासँवारी बस्ने २१ वर्षीया दिपिका केसी रहेका छन् ।

उनीहरुले सामाजिक संजाल फेसबुकमा “टानाकायोका”को नामबाट फेसवुक गर्दै आफु जापानको ‘इमिग्रेसन’मा काम गर्ने जापानको नागरिक हो भन्दै पीडितहरुसँग वर्किङ भिषा प्रक्रियाको लागि रकम पठाउनु पर्छ भन्दै उक्त रकम ठगी गरेका थिए।

उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ श्रावण २०७८, मंगलबार  १२ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।