.png)
बुधबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलाको ७०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ तोलाको ९२ हजार ५०० रुपैयाँ, तेजावी ९२ हजार रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २६० रुपैयाँ कायम गरिएको छ ।
मंगलबार छापावाला सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ, तेजावी ९२ हजार ७०० रुपैयाँ र चाँदी तोलाको १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार सुन तोलाको ४०० रुपैयाँले बढेर कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया