नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णु अग्रवाल

0
Shares


नेपाल उद्योग परिसंघ (सीएनआई)को अध्यक्षमा विष्णु अग्रवाल चयन भएका छन् । अध्यक्ष सतीशकुमार मोरको कार्यकाल सकिएपछि मोरङ अटो वक्र्सका प्रबन्ध निर्देशकसमेत रहेका अग्रवाल आगामी दुई वर्षका लागि अध्यक्ष चयन भएका हुन् ।

बुधबार सम्पन्न नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो । निवर्तमान अध्यक्ष मोरले नवनियुक्त अध्यक्ष अग्रवाललाई टिका लगाएर स्वागत गरेका थिए ।

नेपाल उद्योग परिसंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । अग्रवालले यसअघि परिसंघ अन्तर्गतको पूर्वाधार विकास समितिको सभापति र योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसकका छन् । उनी नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत समेत हुन् ।

अटोमोवाइल्स क्षेत्रमा संलग्न अग्रवाल अध्यक्ष चयन भएसँगै अटो बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

परिसंघको १८ औं साधारण सभाले ३७ जना राष्ट्रिय परिषद सदस्य चयन गरेको छ । त्यसमध्येबाट ७ जना उपाध्यक्ष चयन हुनेछन् ।

परिसंघको राष्ट्रिय परिषदमा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुल कुमार अग्रवाल, सन्दिप कुमार शारडा, वरुण कुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दिपक अग्रवाल, सुरज भक्त पौडेल, निर्वाणकुमार चौधरी, बिक्रम सिंघानिया, दिलिप अग्रवाल, शरदकुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई चयन भएका छन् ।

यसैगरी प्रतिष्ठानगततर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्रराज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मीप्रसाद सुवेदी, गुरुप्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राज बहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन, ताराप्रसाद पौड्याल र हितेश गोल्छा चयन भएका छन् ।

संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र बसन्तबहादुर चन्द राष्ट्रिय परिषद सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

देशमा रहेको नीतिगत निमार्ण, सुधार, खारेज वा संशोधन तथा देशभित्र लगानीको वातारण निमार्णमा सीएनआईको महत्वपूर्ण भूमिका रहँदै आएको छ । सीइएनआई देशका चर्चित उद्योगीहरुको संगठन समेत हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ श्रावण २०७८, बिहिबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।