
बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला ७०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार ८०० रुपैयाँ, तेजावी ९१ हजार ३०० रुपैयाँ र चाँदीको भाउ १ हजार २७० रुपैयाँ कायम गरिएको छ ।
बुधबार छापावाला सुन तोलाको ९२ हजार ५०० रुपैयाँ, तेजावी ९२ हजार रुपैयाँ र चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार सुनको मूल्य घटेपनि चाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो ।
बुधबार सुन तोलाको ७०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेर कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया