स्रोत नखुलेको ४० लाखसहित एक जना पक्राउ

0
Shares

स्रोत नखुलेको रु ४० लाखसहित झापा गाउँपालिका–२ बेलाइतिबारीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलाइतिबारीका ५० वर्षीय गौरी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए । उनका अनुसार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेका ४० लाख ३७ हजार ६७० सहित इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलील उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका मण्डललाई आवश्यक कारवाहीका लागि आइतबार भद्रपुर भन्सार कार्यालयमा बुझाइने उनले जानकारी दिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ श्रावण २०७८, शनिबार  २० : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।