कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्विटी फण्डको प्रतिइर्काइ खुद मूल्य (न्याभ) चार पैसाले घटेको छ।
जेठ मसान्तमा १०.७६ रुपैयाँ रहेका कुमारी इक्विटी फण्डको न्याभ असार मसान्तमा यो फण्डको न्याभ घटेर १०.७२ रुपैयाँमा झरेको हो । एक
अर्बको कुल पूँजीमा सञ्चालित यस mिण्डको खुद सम्पत्ति मूल्य १ अर्ब ७ करोड १६ लाख ८१ ह्जार रुपैयाँ रहेको छ ।
असार मसान्तमा फण्डको सूचीकृत शेयरमा ५४ करोड १४ लाख रुपैयाँ लगानी रहेको छ । जेठ मसान्तमा ५६ करोड २१ लाख रुपैयाँ लगानी थियो।
फण्डले १० वटा वाणिज्य बैंक, ३ वटा विकास बैंक, ५ वटा लघुवित्त, ३ वटा जीवन बीमा कम्पनी, २ वटा निर्जीवन बीमा कम्पनी, ८ वटा सामूहिक लगानी कोष, एउटा जलविद्युत कम्पनी र २ वटा फाइनान्स कम्पनीमा लगानी गरेको छ।
फण्डले असार मसान्तसम्ममा सूचीकृत शेयर, बैंक मुद्दती निक्षेप, बण्ड, सार्वजनिक निष्काशन हकप्रद, बोनस शेयरमा गरी कुल ७४ करोड ३० लाख रुपैयाँ लगानी रहेको छ । जेठको तुलनामा १ करोड २१ लख रुपैयाँले लगानी घटेको हो ।
२०७८ असार मसान्तसम्ममा फण्डले ७ करोड १६ लाख ८१ ह्जार रुपैयाँ नाफा गरेको छ । जेठ महिनामा नाफा ७ करोड ६२ लाख रुपैयाँ नाफा रहेको थियो।
कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्विटी फण्डको कोष प्रवद्र्धक कुमारी बैंक र योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया