राष्ट्रिय सहकारी बैंकको नाफा १ अर्ब ६६ लाख

0
Shares

राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७७।७८ मा १ अर्ब ६६ लाख कमाएको छ ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरणमा सो नाफा आर्जन गरेको हो ।

बैंकले अघिल्लो आवकोच तुलनामा गत आवमा खुद नाफामा ४८ प्रतिशत ( कर पश्चात) को वृद्धिदर हासील गरेको हो । बैंकको वासलातको आकार ७१ अर्ब ६८ करोड कायम भएको छ ।

गत आवमा बैंकले ५८ प्रतिशतले खुद ब्याज आम्दानी बढाएर १ अर्ब ७४ करोड आम्दानी गरेको छ ।

समीक्षा अवधिमा बैंकले जगेडा कोषमा ४६ प्रतिशत, निक्षेपमा ४२ प्रतिशत र कर्जामा ३२ प्रतिशतको वृद्धि गरेको छ । कोभिड १९ को असहज परिस्थितिको बाबजुत २०७८ असार मसान्तसम्ममा बैंकले ६६ अर्ब ३४ करोड निक्षेप संकलन गरी ३५ अर्ब ९१ करोड कर्जा लगानी गरेको छ ।
बैंकको शेयर पूँजी २ अर्ब ८७ करोड र जगेडा तथा कोषहरुमा १ अर्ब ५२ करोड सञ्चित रहेको छ ।

सहकारी क्षेत्रमा सबैभन्दा ठूलो वित्तीय परिचालन गर्ने बैंक वाणिज्य बैंकसरह सक्ष मबनेको छ । बैंकको देशभर ७७ जिल्लाका करिब १४ हजार सदस्यहरु (सबै प्रकृतिका सहकारी संघ÷संस्थाहरु) लाई सेवा दिई रहेको छ ।

बैंकका ७ वटै प्रदेशमा ६८ वटा शाखा कार्यालय सञ्चालनमा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।  

प्रकाशित मिति: १० श्रावण २०७८, आइतबार  ०९ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।