तीन कम्पनीद्धारा ४९ करोडको आईपीओ बिक्री गर्न अनुमति माग

0
Shares

तीन कम्पनीले कुल ४९ करोड ३ लाख रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) जारी गर्न अनुमति मागेका छन् ।

पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा तीन कम्पनीले प्रतिशेयर अंकित मूल्य एक सय रुपैयाँ अंकित दरमा ४९ लाख ३ हजार कित्ता शेयर जारी गर्न अनुमति मागेका हुन् ।

आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिने कम्पनीहरुमा मोलुङ हाइड्रोपावर कम्पनी, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था रहेका छन् ।

मोलुङ हाइड्रोपावर कम्पनीले स्थानीय र सर्वसाधारण गरी ३५ लाख ३१ हजार कित्ता, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले ८ लाख ५० हजार कित्ता र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन् ।

बोर्डका अनुसार जाल्पा सामुदायिक लघुवित्तले २०७८ असार २० गते, राष्ट्र उत्थान लघुवित्तले असार २४ गते र मोलुङ हाइड्रोपावर कम्पनीले साउन १ गते बोर्डमा निवेदन दिएको हो ।

धितोपत्र निष्काशन गर्न मोलुङ हाइड्रोपावर कम्पनीले सनराइज क्यापिटल लिमिटेड, राष्ट्र उत्थान लघुवित्तले एनआइबिएल एस क्यापिटल, र जाल्पा सामुदायिक लघुवित्तले प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १० श्रावण २०७८, आइतबार  १४ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।