आठ कक्षा पासलाई राष्ट्र बैंकमा रोजगारीको अवसर

0
Shares

नेपाल राष्ट्र बैंकमा आठ कक्षा पास गरेकालाई रोजगारी खुलेको छ । देशको एकमात्र केन्द्रीय बैंकले विभिन्न पदका लागि ६३ जना कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै सुरक्षा सहायक, रक्षक, सिपाही, सिपाही (महिला) र कार्यालय सहयोगी पदमा ६ महिना करार अवधिका लागि सो संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकले बैंकले सुरक्षा सहायक पदका लागि १ जना र रक्षक पदका लागि ५ जना कर्मचारी माग गरेको छ । बैंकले माग गरेको उक्त दुई पदमा एसएलसी वा सो सरहको शैक्षिक योग्यता हासिल गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

यसैगरी सिपाही पदका लागि २७ जना कर्मचारी माग गरेको छ । सिपाही (महिला) पदका लागि ५ जना कर्मचारी माग गरेको छ । २७ मध्ये ५ जना महिला सिपाहीको माग गरेको छ । जुन पदका लागि आठ कक्षा उत्तिर्ण गरेका व्यक्तिले नै आवेदन दिन सक्नेछन् ।

यस्तै, बैंकले कार्यालय सहयोगी पदका लागि ३० जना कर्मचारी माग गरेको छ । उक्त पदका लागि पनि आठ कक्षा उत्तिर्ण गरेका व्यक्तिले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले माग गरेको उक्त पदमा ४५ वर्ष भन्दा कम उमेरका नेपाली नागरिकले रोजगारीका लागि आवेदन दिन सक्नेछन् ।  साउन २४ गतेभित्रमा इच्छुक आवेदकले आवेदन दिनसक्ने केन्द्रीय बैंकले बताएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १० श्रावण २०७८, आइतबार  १६ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।