आईएमई जनरल इन्स्योरेन्सको बोनस शेयर नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
नेप्सेमा सोमबार कम्पनीको ७ प्रतिशतले हुन आउने ७ लाख ५७ हजार ५०० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
कम्पनीको वैशाख १२ गते सम्पन्न २३ औँ वार्षिक साधारण सभाले ७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । सोही बोनस कम्पनीले सोमबार नेप्सेमा सूचीकृत गराएको हो ।
कम्पनीले साधारण सभाका लागि वैशाख २ गतेदेखि वैशाख १२ गतेसम्म बुकक्लोज गरेको थियो । जस अनुसार वैशा ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले उक्त बोनस शेयर पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया