मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार ८०० रुपैयाँ, तेजावी ९१ हजार ३०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २७० रुपैयाँ कायम गरिएको छ ।
सोमबार छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ, तेजावी ९१ हजार ६०० रुपैयाँ र चाँदी तोलाको १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार सुनको मूल्य घटेपनि चाँदी स्थीर रहेको महासंघले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया