मंगलबार नेप्से सूचक २९.२४ अंकले बढेर ३ हजार ७९.६७ अंकमा बन्द भएको छ। यो हालसम्मकै उच्च विन्दु हो ।
नेप्सेले सर्वाधिक उचाई हासिल गरेको बजारमा १४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ६ कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्ताले १० प्रतिशतका दरले नाफा कमाएका छन् ।
मंगलबारको बजारमा ६ कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्ताले १० प्रतिशतका दरले नाफा कमाएका छन् । यस दिन मल्टिपर्पस फाइनान्स, खानी खोला हाइड्रो, यूनाइटेड इदि मोदी हाइड्रो, नेपाल हाइड्रो, जोशी हाइड्रो पावर र घलेम्दी हाइड्रो पावरको शेयरमा लगानी गर्ने लगानीकर्ताले १० प्रशितका दरले नाफा कमाएका हुन् ।

मल्टीपर्पस फाइनान्सको शेयरमूल्य प्रतिकित्ता ४८६.२०, खानीखोला हाइड्रोपावरको ३३४.४०, युनाइटेड मोदीको ४७९.६०, जोशी हाइड्रोपावरको ३८२.८०, युनाइटेड इदी मोदीको ४७९.६० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज आठ कम्पनीको शेयर मूल्य ९ प्रतिशत धेरैका दरले बढेको छ । हिमालयन उर्जा विकास, जानकी फाइनान्स, युनिभर्सल पावर, हिमालयन पावर, युनाइटेड इदि मर्दि आर बी हाइड्रो, सिनर्जी हाइड्रो, रिलायन्स फाइनान्स र आँखु खोला जलविद्युत कम्पनीको शेयरमूल्य ९ प्रतिशत धेरैले उकालो लागेको हो ।
मंगलबारको बजारमा लघुवित्तको शेयरमा लगानी गर्ने लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । शीर्ष गुमाउने १० कम्पनीको सूचीमा अधिकांश लघुवित्त कम्पनी परेका हुन् । यस दिन सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा गुमाएका छन् । कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्ताले आज ५.७७ प्रतिशतका दरले नाफा गुमाएका हुन् ।
यस्तै, उन्नती सहकार्य लघुवित्त, जन उत्थान सामुदायिक लघुवित्त, स्वाभिमान लघुवित्त, समता घरेलु लघुवित्त, महुलि सामुदायिक लघुवित्त, नेपाल इन्स्योरेन्स, सबैको लघुवित्त र सारथी लघुवत्तको शेयरमा लगानी गर्ने लगानीकर्ताले ३ प्रतिशत धेरैका दरले गुमाएका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया