पुष्पलाल राजमार्ग आयोजनाका तत्कालिन प्रमुखसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनामा भ्रष्टाचार गरेको आरोपमा आयोजना प्रमुखसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले पुष्पलाल राजमार्ग योजना धुलिखेलका तत्कालिन योजना प्रमुख विजय चापागाई सहित ५ जनालाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार उक्त ठेक्कामा निर्माणस्थलमा भएको कामको वास्तविक अवस्था उल्लेख नगरी भेरिएशन हुनपर्ने भन्दा फरक व्यहोराको भेरिएशन पेश गरिएको तथा सार्वजनिक खरिद नियमावली अनुसार भेरिएसन नगराई, इष्टिमेट विपरीत बिना कुनै निर्णय फिल्डमा काम गरिएको जनाएको छ ।

अख्तियारले पुप्पलाल राजमार्गमा अनिमियता गर्ने ५ जनालाई ६८ लाख ९३ हजार ७७८ रुपैयाँ दरले २ करोड ९७ लाख २४ हजार ९३२ रुपैयाँ मागदाबी सहित मुद्दा दायर भएको हो ।

 

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ श्रावण २०७८, मंगलबार  १८ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।