नेप्सेले नयाँ रेकर्ड कायम गर्दा होटल र साना कम्पनीका शेयरमा आकर्षण

0
Shares

शेयर कारोबार मापक सूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुग्दा लगानीकर्ताहरुको ध्यान होटल तथा साना कम्पनीका शेयरमा तानिएको छ ।

मौद्रिक नीतिको पर्खाइमा रहेका लगानीकर्ताहको ध्यान मौद्रिक नीतिले नछुने कम्पनीका शेयरहरुप्रति बढी देखिएको छ । जसले गर्दा होटल, इन्भेष्टमेन्ट, व्यापार र

अन्य क्षेत्रका कम्पनीहरुको माग बढेको छ ।
वाणिज्य बैंकहरुप्रति आशवादी नदेखिएका लगानीकर्ता बीमा, विकास बैंक तथा फाइनान्स समूहप्रति भने सकारात्मक नै देखिएका छन् ।

हकप्रदको हल्लामा उचालिएका कम्पनीहरुमा लगानीकर्ताको बढी नै चासो देखिएको छ। जसले गर्दा यस्ता कम्पनीहरुको भाउ आकाशिएको छ । साना तथा मझौला एंवम कम पूँजीका कम्पनीहरुको भाउ निरन्तर उचालिरहदा बजारमा अझैपनि लगानीकर्ताहरु भन्दा कारोबारीहरु हाबी भएको देखिन्छ ।

बजारमा लगानीकर्ता भन्दा कारोबारी हाबी हुँदा दिनभरको सूचकमा पनि तिब्र उतारचढाब कायमै रह्यो । अल्पकालिन लगानीगर्नेहरुको सक्रियताले नाफा बुकिङ्गको होड बढेको देखिन्छ । यद्यपी दीर्घकालिन लगानीकर्ताहरुले समेत शेयर खरिदको क्रम बढाउँदै लग्दा बजार सन्तुलनमा देखिएको छ ।

बुधबार नेप्से सूचक १५.३० अंकले बढेर ३ हजार ९४ दशमलव ९४ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यसदिन २१९ कम्पनीको २ करोड ८१ लाख बढी कित्ता शेयर १३ अर्ब २९ करोड बराबरमा किनबेच भयो । यसदिन कारोबारमा आएका १३ मध्ये ९ समूहको सूचक वृद्धि भएको छ । ३ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । युनाइटेड मोदी हाइड्रोपावरको सबैभन्दा धेरै ३८ करोड बढीको शेयर किनबेच भयो ।  

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ श्रावण २०७८, बुधबार  १५ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।