प्रिमियर इन्स्योरेन्सको साढे ५ लाख कित्ता संस्थापक शेयरको लिलामी खुल्यो

0
Shares

प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आज (बिहीवार) देखि ५ लाख ४२ हजार ९६५ कित्ता संस्थापक शेयरको लिलामी विक्री खुला गरेको छ ।

कम्पनीको लिलामी शेयरमा इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले खरिद गर्न सक्नेछन् । लिलामी शेयरको मूल्य प्रतिशेयर न्यूनतम मूल्य ५०० रुपैयाँ तोकिएको छ ।

लिलामीको शेयर खरिदका लागि साउन २२ गतेसम्म उक्त शेयर लिलामीमा विक्री गर्न लागेको हो । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

खरिदकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश भएको बोलपत्र स्वतः रद्द हुने कम्पनीले जानकारी दिएको छ ।

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ता शेयर माग गर्न सकिने व्यवस्था छ ।

यो शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीद्वारा साउन १४ गतेपछि सार्वजनिक हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्न योग्य हुने जानकारी कम्पनीले गराएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ श्रावण २०७८, बिहिबार  ०७ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।