डिप्रोक्स लघुवित्तको नाफा १६० प्रतिशतले बढ्यो

0
Shares

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) को गत आर्थिक वर्ष २०७७/७८ मा १६० प्रतिशतले बढेको छ ।

गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले ७१ करोड ३७ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको यसै अवधिमा कम्पनीको नाफा २७ करोड ४९ लाख रुपैयाँ रहेको थियो ।

चुक्ता पूँजी १५ प्रतिशतले बढाएर १ अर्ब १५ करोड ६२ लाख पुर्याएको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी (इपीएस) बढेर ६१.७३ रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको तुलनामा ३४.३८ रुपैयाँ धेरै हो ।

समीक्षा अवधिमा लघुवित्तले २३.७३ करोड सम्भावित जोखिम वापत छुट्टाएकोमा ३९ करोड रुपैयाँ खराब कर्जा असुली गरेको छ । यसले पनि लघुवित्तको नाफामा उच्च सुधार देखिएको हो ।

२०७८ असार मसान्तसम्ममा लघुवित्तको खराब कर्जा अनुपात ०.९२ प्रतिशत, प्रतिशेयर नेटवर्थ २११.९६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २७.३१ गुणा छ ।

सो अवधिसम्ममा लघुवित्तले खुद ब्याज आम्दानी ४२.७९ प्रतिशत बढेर १ अर्ब ३७ करोड पुगेको छ भने सञ्चालन नाफा ६६.३२ प्रतिशत बढेर ७६ करोड ८१ लख कायम भएको छ ।

लघुवित्तको निक्षेप ३२.५५ प्रतिशत बढेर ६ अर्ब ५४ करोड र कर्जा लगानी ३१.९० प्रतिशत बढेर १५ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । यसैगरी लघुवित्तले ७ अर्ब ७८ करोड सापटी लिएको छ । जुन अघिल्लो आवको तुलनामा १९.६३ प्रतिशत धेरै हो ।

लघुवित्तको जगेडा कोषको आकार ५५.३९ प्रतिशत बढेर १ अर्ब २९ करोड पुगेको छ । लघुवित्तको निक्षेप संकलन लागत ६.२७ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १५ श्रावण २०७८, शुक्रबार  १० : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।