यूनाइटेड इन्स्योरेन्सको बुकक्लोज मिति तय

0
Shares

यूनायटेड इन्स्योरेन्स कम्पनी (UIC) ले साधारण सभा प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ ।

इन्स्योरेन्सले २७ औँ वार्षिक साधारण सभा प्रयोजनका लागि साउन २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।

जस अनुसार साउन १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागि हुन सक्नेछन् ।

कम्पनीले साउन ३१ गते २७ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । बिहान ११ः०० बजे अनलाइन (भर्चुअल) माध्यमबाट सभा बोलाएको हो । कम्पनीले शेयरधनीलाई लाभांश बिना नै साधारण सभा बोलाएको छ ।

आर्थिक वर्ष २०७२/७३ दश प्रतिशत बोनस वितरण गरेयता चार आर्थिक वर्षमा कम्पनीको शेयरमा लगानी गर्नेले लाभांश पाउन सकेका छैनन् ।

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित अनुसूचीहरु पारित गर्ने छ । यस्तै, सभाले आर्थिक वर्ष २०७७÷०७८ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १५ श्रावण २०७८, शुक्रबार  १६ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।