जलविद्युतमा आकर्षण बढ्दो, नेप्से सामान्य बढ्दा १२ अर्बको कारोबार

0
Shares


साताको पहिलो कारोबार दिन आइतबार लगानीकर्ताको रोजाइमा जलविद्युत कम्पनी परेका छन् । लगानीकर्ताको आकर्षण बढेसँगै धेरै शेयर मूल्य बढ्ने र कारोबार रकममा पनि सोही क्षेत्रका कम्पनीहरु अग्र स्थानमा देखिएका छन् ।

आइतबार जलविद्युत सूचक २.४९ प्रतिशतले बढेको छ भने शीर्ष कारोबार हुने दश कम्पनीमा आठ तथा शेयरमूल्य बढेका दश कम्पनीभित्र पनि आठ वटा यहि क्षेत्रका कम्पनीहरु रहेका छन् । बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलताले बैंक ब्याजदरमा जलविद्युत कम्पनीहरु राहत पाउँदा अघिल्लो आवको तुलनामा गत आवमा जलविद्युत कम्पनीको नाफामा राम्र्रो वृद्धि हुने आंकलन गर्दै लगानीकर्ताले हाइड्रोपावरको शेयर खरीदमा अग्रसर भएका हुन् ।

यसदिन नेशनल हाइड्रोपावरको ३६.०१ करोड रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको छ । कम्पनीको ९ लाख ५१ हजार ९९९ कित्ता शेयर कारोबारमा आएको छ ।

कारोबार रकमका आधारमा युनाइटेड मोदी हाइड्रोपावरको ३४.८८ करोड, सिनर्जी पावर ३२.१२ करोड, ङादी ग्रुप पावर ३०.४४ करोड, युनिभर्सल पावर २३.३९ करोड, अरुण भ्याली २७.१४ करोड, लुम्बिनी विकास बैंक २६.६३ करोड, अपि पावर २६.५२ कारोड, हिमाल दोलखा २५६.२९ करोड र डिप्रोक्स लघुवित्तको २१.२९ करोडको शेयर करोबार भएको छ ।

आजको बजारमा सिनर्जी पावर, कालिका पावर, युनिभर्सल पावर, ग्रीन लाइफ हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ङादी ग्रुप पावर, एभरेष्ट इन्सयोरेन्स संस्थापक, सिइडिबि हाइड्रोपावर र माउन्टेन हाइड्रोपावरको शेयरमूल्य पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आइतबारको बजारबाट लक्ष्मी इक्वीटी फण्डका इकाईधनीले सबैभन्दा धेरै गुमाएका छन् । फण्डका लगानीकर्ताले आइतबार मात्रै ६.९८ प्रतिशतले गुमाएका हुन् ।

चन्द्रागिरी हिल्स, नारायणी डेभलपमेन्ट बैंक, कुमारी इक्वीटी फण्ड, प्रभु इन्स्योरेन्स, र एनआईबिएल समृद्धि फण्ड २ का लगानीकर्ताले ३ प्रतिशत बढीले गुमाएका छन् ।

आजको बजारमा कारोबारमा आएका १३ मध्ये ६ समुहका सूचक बढेका छन् भने ७ वटाको घटेको छ । होटलमा सर्वाधिक २.३२ प्रतिशत गिरावट आएको बजारमा फाइनान्स, निर्जीवन बीमा, अन्य, र जीवन बीमको सूचक १ प्रतिशत धेरै घटेका छन् । जलविद्युत सूचक साढे २ प्रतिशतले बढ्दा ब्यापार, लगानी र माइक्रोफाइनान्सको सूचक १ प्रतिशत धेरैले बढेका छन् ।

आइतबार दिनभर २२६ कम्पनीका ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता शेयर १ लाख १७ हजार ४९० संख्यामा खरीद बिक्री भएका छन् । यसदिन कारोबार रकम ११२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा १ अर्ब ९० करोड धेरै हो ।

आइतार नेप्से १.२५ अंकले बढेर ३०८१.०५ बिन्दुमा बन्द भएको छ । ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स १.२४ अंकले बढेर ५७१.१५ अंकमा पुगेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १७ श्रावण २०७८, आइतबार  १५ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।