
पछिल्लो २४ घण्टामा १२ हजार ६३६ मा नमूना परीक्षण गर्दा देशभर दुुई हजार ५६८ मा सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ४०२ जनामा गरिएको पिसिआर परिक्षणमा १ हजार ९८१ जना र ४ हजार २३४ जनामा गरिएको एन्टीजेन्ट परिक्षणमा ५८७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सो अवधिमा दुई हजार २० जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ५६ हजार १९७ पुगेको छ ।
आज १८ को मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेकोे मन्त्रालयले जनाएको छ ।
सङ्क्रमण मुक्त हुने दर ९४.१० प्रतिशत पुगेको छ । हालसम्म कोभिड–१९ खोपको पहिलो मात्रा ४० लाख ६ हजार २८८ ले लगाएका छन् भने पूर्ण मात्रा लगाउनेको सङ्ख्या १८ लाख १३ हजार ४७१ पुगेको मन्त्रालयले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया