धितोपत्रको आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको युनियन लाइफ इन्सयोरेन्सको स्पेशल प्रि-ओपनिङ्गमा १० कित्ता शेयर कारोबार भएको छ ।
कम्पनीको १० कित्ता शेयर नेप्सेले प्रदान गरेको अधिकतम रेञ्ज नजिक कारोबार भएको हो । नेप्सेले अधिकतम ३४५.३९ रुपैयाँसम्मको कारोबार रेञ्ज तोकेकोमा कम्पनीको पहिलो कारोबार ३४२ रुपैयाँका दरले भएको हो ।
धितोपत्र दोस्रो बजारको कारोबारका लागि आइतबार शेयर सूचीकरण पछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पहिलो कारोबारका लागि न्युनतम ११५.१३ रुपैयाँ देखि अधिकतम ३४५.३९ रुपैयाँ सम्मको पहिलो कारोबार रेञ्जका लागि मूल्य तोकेको थियो ।
आइतबार कम्पनीको ६४ लाख ५० हजार कित्ता आईपीओ सहित २ करोड १५ लाख कित्ता साधारण धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकृत भएको थियो ।
कम्पनीको नेप्सेमा युएलआई (ULI) कारोबार संकेतमा शेयर कारोबारमा आएको छ ।

उता मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार हुन सकेन । न्यून संख्यामा शेयर जारी गरेको कम्पनीको पेशल प्रि ओपन सेसन कारोबारमा म्याच हुन नसकेपछि सोमबार कारोबार हुन नसकेको हो । स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच भएपछि मात्र रेगुलर कारोबार खुल्ने प्रावधान छ ।
मंगलबार स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच भएमा भोलि कम्पनीको कारोबार खुल्नेछ । भोलि सम्भव नभए सम्भव भएको अर्को दिनदेखि मात्र रेगुलर सेसनमा कारोबारमा आउनेछ ।
कम्पनीले दोश्रो बजारमा कारोबारका लागि एमकेएलबि (MKLB) कारोबार संकेत (सिम्बोल) पाएको छ ।
लघुवित्तले असार १७ देखि २१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । उक्त आईपीओ सहित आइतबार संस्थाको १२ लाख ११ हजार ५०० कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया