मनकामना स्मार्ट लघुवित्तको आजदेखि दोस्रो बजारमा शेयर कारोबार होला ?

0
Shares


मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सोमबार कारोबार हुन सकेन ।

धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि कम्पनीले आइतबार धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम १२ लाख ११ हजार ५०० कित्ता शेयर सूचीकृत गरेको थियो ।

जसमध्ये कम्पनीले सर्वसाधारणमा चुक्ता पूँजीको ३२ प्रतिशत बराबर अर्थात ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री गरेको थियो । न्यून संख्यामा शेयर जारी गरेको कम्पनीको स्पेशल प्रि ओपन सेसन सोमबार कारोबारमा म्याच हुन नसकेपछि कारोबार हुन सकेको थिएन ।

स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच भएपछि मात्र नियमित समयमा सम्बन्धीत कम्पपनीको कारोबार खुल्ने प्रावधान छ । सोही कारणले अब आज (मंगलबार) पनि स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच भएमा नियमित कारोबारमा आउनेछ ।

सोमबार कारोबार खुल्न नसकेका कारण पनि आज भनेकम्पनीको शेयर साढे दश देखि पौन ११ बजेको समयमा कारोबारमा आउने आंकलन गरिएको छ । यदि आज पनि स्पेशन प्रि ओपनिङ्ग सेसनमा कारोबार सम्भव नभए सम्भव भएको अर्को दिनदेखि मात्र रेगुलर सेसनमा कारोबारमा आउनेछ ।

कम्पनीले दोश्रो बजारमा कारोबारका लागि एमकेएलबि (MKLB)  कारोबार संकेत (सिम्बोल) पाएको छ ।

लघुवित्तले असार १७ देखि २१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । उक्त आईपीओ सहित आइतबार संस्थाको नेप्सेमा सूचीकृत भएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ श्रावण २०७८, मंगलबार  ०९ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।