आत्मनिर्भर लघुवित्तले एक करोड ८० लाखको आईपीओ जारी गर्ने

0
Shares

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ ।

दाङको घोराहीमा रजिष्ट्रार कार्यालय रहेको कम्पनीले साधारण शेयर निष्काशन गर्नको लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धक नियुक्त गरेकोे छ ।

उक्त कार्यको लागि कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी तथा सनराइज क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण शेयर निष्काशन गरिने सम्झौता गरिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ श्रावण २०७८, मंगलबार  १३ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।