कोरोना नियन्त्रणका लागि निषेधित क्रियाकलापहरुलाई कडाईका साथ परिपालना गराउन चेम्बरको माग

0
Shares

नेपाल चेम्बर अफ कमर्सले कोभिड नियन्त्रणको लागि निषेध गरिएको क्रियाकलापहरु कडाईका साथ परिपालना गर्ने व्यवस्थाको गराउन नेपाल सरकारसँग आग्रह गरेको छ । 

चेम्बरले कोभिडको पहिलो र दोस्रो लहरबाट शिक्षा लिएर तेस्रो लहरको संक्रमणलाई बढ्न नदिन यस्तो उपाय अपनाउन सरकारलाई सुझाव दिएको हो ।

कोभिड नियन्त्रणको लागि लकडाउन मात्र समस्याको समाधान नभएकाले विभिन्न समुहबाट हुने भीडभाडजन्य क्रियाकलापहरु , विभिन्न प्रकारका सभा सम्मेलन, धर्ना जुलुस, गोष्ठी ¥याली जस्ता गतिबिधिमा संलग्न रहने, भौतिक दूरी कायम नगरी अव्यवस्थित रुपमा सार्वजनिक गतिविधि सञ्ंचालन गर्ने, तोकिएको स्वास्थ्यको मापदण्डको परिपालना नगर्ने र मास्कको उचित प्रयोग नगर्नेहरुलाइ कडाईका साथ कारवाही गर्न चेम्बरले सरकार समक्ष आग्रह गरेको छ ।

कोभिड–१९ को नयाँ भेरियन्टका कारण फैलिएको दोस्रो लहरको संक्रमणले लामो समय सम्म लकडाउन भइ अर्थतन्त्रले थप क्षति बेहोर्नु परिरहेको भन्दै सरकार, निजी क्षेत्र र आम सर्वसाधारण मिलेर कोरोना महामारीलाई नियन्त्रण गर्नुपर्ने चेम्बरको धारणा छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण गत वर्षदेखिनै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको र अर्थतन्त्रमा संकट आउँदा पहिलो क्षति निजी क्षेत्रले नै भोग्नुपर्छ तथ्य हालैको कोभिड महामारीबाट मात्र नभइ विगतका अनुभवबाट पनि पुष्टी भइसकेको उसको भनाई छ ।

खुला बजार अर्थतन्त्रको सिद्धान्त अवलम्बन गरेको नेपालजस्तो मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण हुने भएकाले निजी क्षेत्रको आत्मबल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारीमा वृद्धि भइ अर्थतन्त्रमा योगदान पुग्न जाने चेम्बरले उल्लेख गरेको छ ।

साथै उद्योग व्यवसाय क्षेत्रलाई संरक्षण गर्न यसमा संलग्न व्यवसायी तथा कर्मचारीहरुलाइ पूर्ण खोपको व्यवस्था गरी व्यवसायीक क्रियाकलापलाई तोकिएको मापदण्ड भित्र रही निर्वाध रुपमा आफ्नो गतिविधि सञ्चालन गर्न पाउनुपर्ने व्यवस्थ ागर्न समेत सरकार समक्ष चेम्वरले आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ श्रावण २०७८, मंगलबार  १८ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।