आरम्भ चौतारी लघुवित्तको सबै सूचकमा उत्साहप्रद वृद्धि, नाफा ३९०% बढ्यो

0
Shares

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL) को गत आर्थिक वर्षको वित्तीय विवरणमा सबैजसो सूचकमा आकर्षक बढोत्तरी देखिएको छ ।

लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा ११ करोड ७९ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा २ करोड ४० लाख रुपैयाँ नाफा कमाएकोमा ३९०.५७ प्रतिशतले नाफा बढाएको हो ।

खुद ब्याज आम्दानी बढेर कोषको लागत र सम्भावित कर्जा नोक्सानी व्यवस्था घट्दा लघुवित्तको नाफामा उच्च सुधार आएको हो ।

चुक्ता पूँजी २८ करोड ६७ लाख ६३ हजार रूपैयाँ रहेको लघुवित्तको नाफा बढेसँगै अघिल्लो आवको तुलनामा गत आवमा प्रतिशेयर आम्दानी ३२ रुपैयाँ बढेर ४१.१३ रुपैयाँ कायम पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १५७.०६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३८.२७ गुणा छ ।

समीक्षा अवधिमा चुक्ता पूँजी ८.८५ प्रतिशतले बढाएको कम्पनीको जगेडा कोषको आकार १३२.५५ प्रतिशत, निक्षेप ४३.५८ प्रतिशत, सापटी ९५.०६ प्रतिशत, कर्जा लगानी विस्तार ७१.७८प्रतिशतले बढेको छ । यस्तै खुद ब्याज आम्दानीमा ११०.९८ प्रतिशतले बढाएको लघुवित्तको सञ्चालन नाफामा पनि ३६०.५२ प्रतिशतको आकर्षक वृद्धि भएको छ ।

२०७८ असार मसान्तसम्ममा लघुवित्तले १ अर्ब २७ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन, २ अर्ब ७७ करोड ८५ लाख सापटी लिएर ४ अर्ब ३२ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले ३० करोड ७२ लाख ५२ हजार रुपैयाँ खुद व्याज आम्दानी र १५ करोड ८८ लाख ७६ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।

संस्थाको जगेडा कोषमा १६ करोड ३६ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आवमा ७ करोड ३ लाख थियो । लघुवित्तको खराब कर्जा अनुपात १.८० बिन्दु बढेर ३.२४ प्रतिशतमा पुगेको छ ।

आरम्भ र चौतारी मिलेर बनेको लघुवित्तको नाफामा मर्जर सिनर्जीको कारण आकर्षक सुधार सम्भव भएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० श्रावण २०७८, बुधबार  ०९ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।