मनकामना स्मार्ट लघुवित्तको कतिमा भयो पहिलो कारोबार ?

0
Shares


मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड (MKLB) को शेयर सोमबार कारोबार हुनपर्नेमा तेस्रो दिन बुधबार आएर मात्र पहिलो कारोबार भएको छ ।

कम्पनीले न्यून संख्यामा शेयर जारी गरेका कारण यसबीचका दुई दिनमा स्पेशल प्रि ओपन सेसन सोमबार कारोबारमा म्याच हुन नसकेपछि कारोबार हुन सकेको थिएन ।

स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच भएपछि मात्र नियमित समयमा सम्बन्धीत कम्पपनीको कारोबार खुल्ने प्रावधान छ । सोही कारणल बुधबार आएर मात्र स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच भएपछि नियमित कारोबारमा आएको हो ।

बुधबार कम्पनीको १० कित्ता शेयर २९६.७० रुपैयाँमा कारोबार भएको छ ।

नेप्सेले मनकामना स्मार्ट लघुवित्तको पहिलो कारोबारका लागि प्रतिशेयर न्यूनतम नेटवर्थ ११०.८४ रुपैयाँदेखि अधिकतम ३३२.५२ रुपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको थियो । कम्पनीको भने कारोबार रेञ्जको बीचमा खुलेको हो ।

धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि कम्पनीले साउन १७ गते आइतबार धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम १२ लाख ११ हजार ५०० कित्ता शेयर सूचीकृत गरेको थियो । जसमध्ये कम्पनीले सर्वसाधारणमा चुक्ता पूँजीको ३२ प्रतिशत बराबर अर्थात ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री गरेको थियो ।

कम्पनीले दोश्रो बजारमा कारोबारका लागि एमकेएलबि (MKLB) कारोबार संकेत (सिम्बोल) पाएको छ ।

लघुवित्तले असार १७ देखि २१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । उक्त आईपीओ सहित आइतबार संस्थाको नेप्सेमा सूचीकृत भएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० श्रावण २०७८, बुधबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।