पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

0
Shares

बुधबार कारोबारको एक घण्टा ३० मिनेट अवधिमा पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साढे १२ बजेसम्म कारोबारमा आएका २१३ वटा कम्पनीमध्ये अपर तामाकोशी, युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कालिका पावर कम्पनी, पाँचथर पार कम्पनी र दिब्यश्वरी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

अपर तामाकोशीको शेयरमूल्य १० प्रतिशतले बढेर ७६१.२० रूपैयाँ, युनियन लाइफको शेयरमूल्य १० प्रतिशतले बढेर ४३८.९० रूपैयाँ, कालिका पावरको शेयरमूल्य १० प्रतिशतले बढेर ७४८ रूपैयाँ, पाँचथर पार कम्पनीको शेयरमूल्य ९.४९ प्रतिशतले बढेर ५४२ रुपैयाँ, र दिब्यश्वरीको शेयरमूल्य ९.१४ प्रतिशतले बढेर ३७० रुपैयाँ पुगेको छ ।

यस अवधिमा पोखरा फाइनान्स र ङादी ग्रुप पावरको शेयरमूल्य ४ प्रतिशतभन्दा धेरै घटेको छ । हाइड्रोपावरको समुहगत सूचक ४.८९ प्रतिशतले बढ्दा बैंकिङ, विकास बैंक, वित्त, उत्पादन र जीवन बीमा सामान्य सकारात्मक छन् । लघुवित्तको सूचक १ प्रतिशतभन्दा धेरै घटेको छ ।

डेढ घण्टा अवधिमा नेप्से परिसूचक ११.९५ अंकले बढेर ३१२३.०४ बिन्दुमा पुगेको छ भने ६ अर्ब १२ करोडको शेयर खरीद बिक्री भएको छ । अपि पावरको सबैभन्दा धेरै ५२.६४ करोडको शेयर कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २० श्रावण २०७८, बुधबार  १२ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।