सर्वसाधारणमा २ करोड ६६ लाखरुपैयाँ बराबरको शेयर जारी गर्न साउन १३ गते निवेदन पेश गरेको उपकार लघुवित्तले गत आर्थिक वर्षमा ११८० प्रतिशतले खुद नाफा बढाएको छ ।
लघुवित्तले गत आर्थिक वर्ष २०७७।७८ को चौथो त्रैमाससम्ममा ६ करोड १३ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा ४७ लाख ९० रुपैयाँ नाफा कमाएकोमा ११८०.२९ प्रतिशतले नाफा बढाएको हो ।
चुक्ता पूँजी ४ करोड २० लाख रूपैयाँ रहेको लघुवित्तको नाफा बढेसँगै अघिल्लो आवको तुलनामा गत आवमा प्रतिशेयर आम्दानी १४५.६५ रुपैयाँ बढेर १४६.०१ रुपैयाँ कायम पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ ४०९.४२ रुपैयाँ छ ।
२०७८ असार मसान्तसम्ममा लघुवित्तले ८० करोड ४ लाख रुपैयाँ निक्षेप संकलन, ७६ करोड ६७ लाख सापटी लिएर १ अर्ब ६८ करोड ९८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
यसबाट लघुवित्तले १२ करोड ५४ लाख १९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ भने खराब कर्जा वापत सम्भावित कर्जा नोक्सानीमा ४९ रोड ५५ लाख व्यवस्थापछि ४० करोड १ लाख ७० हजार रुपैयाँ सञ्चालन नोक्सानीमा पुगेको छ । कम्पनीले ४९ करोड ७५ लाख खराब कर्जा असुली गर्दा नाफामा उच्च बढोत्तरी भएको हो ।
संस्थाको जगेडा कोषमा १२ करोड ९९ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आवमा ७ करोड १८ लाख थियो । लघुवित्तको खराब कर्जा अनुपात ०.११ बिन्दु घटेर२.७० प्रतिशतमा रहेको छ ।
उपकारले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्काशन गर्न साउन १३ गते धितोपत्र बोर्डसँग अनुमति मागेको छ । शेयर जारी गर्न कम्पनीले नेपाल एसबिआइ मर्चेण्ट बैंकिङ लिमिटेडलाई आइपीओ निष्काशन तथा विक्री प्रबन्धक चयन गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया