कोरोना सङ्क्रमण चार हजार नाघ्यो

0
Shares

कोरोना भाइरसको सङ्क्रमण आज चार हजार १०७ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले १६ हजार २९८ को परीक्षण गर्दा चार हजार १०७ जनामा सङ्क्रमण भएको पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार परीक्षण गरिएकामध्ये २६.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । पिसिआर परीक्षणमा दुई हजार ९७५ जना र एन्टिजेन परीक्षण गर्दा चार हजार १०७ जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै आज एक हजार ५३५ सङ्क्रमणमुक्त भएका छन् । यस्तै विगत २४ घण्टामा ३५ जनाको निधन भएको छ ।

यस्तै काठमाडौं उपत्यकामा एक हजार २७९ सङ्क्रमण देखिएको छ । भक्तपुरमा २०६ जना, ललितपुरमा १६५ जना र काठमाडौंमा ९०८ जना सङ्क्रमित भएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० श्रावण २०७८, बुधबार  १७ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।