म्यादी बीमाका लागि सूचीकृत हुन विभागको अनुरोध

0
Shares

वैदेशिक रोजगार विभागले म्यादी बीमाका लागि सूचीकृत हुन अनुरोध गरेको छ ।

विभागले वैदेशिक रोजगारमा जाने नेपाली कामदारको म्यादी बीमा गर्न ईच्छुक जीवन बीमा कम्पनीलाई भदौ २ गतेसम्म सूचीकृत हुन आग्रह गरेको हो ।

विभागले विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीसँग आवद्ध हुन चाहने जीवन बीमा कम्पनीहरु तथा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई विभागमा सूचीकृत हुन अनुरोध गरेको हो ।

विभागका अनुसार तोकिए बमोजिमको बीमा प्रीमियम वापतको रकम कुनै सेवा शुल्क नलिई र नकटाई अनलाईन भुक्तानी प्रणालीमार्फत भुक्तानी सेवा प्रदान गर्न ईच्छुक संस्थालाई सो मितिमा बीमा समिति/ नेपाल राष्ट्र बैंकबाट प्राप्त अनुमति पत्र र विगत आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि लगाएतका आवश्यक कागजात सहित निवेदन दिनुपर्ने छ ।

बीमा कम्पनीहरुले यस अगावै बीमा प्रिमियम वापतको रकम अनलाईन भुक्तानी गर्न कुनै सेवा प्रदायकसँग सम्झौता गरेको भएमा सोको विवरण र प्रतिलिपि पेश गर्नु पर्ने विभागले जानकारी दिएको छ ।

यस अघि सूचीकृत भई सेवा प्रदान गरिरहेका र सेवा प्रदान गर्न शुरु गरी नसकेका कम्पनीहरुले समेत आफ्नो विवरण विभागमा अध्यावधिक गराउन समेत विभागको अनुरोध छ ।

वैदेशिक रोजगार ऐन, २०६४ मा भएको व्यवस्था बमोजिम वैदेशिक रोजगारीमा जान श्रम स्वीकृतिको लागि आवेदन गर्दा आवेदनको साथ जीवन बीमा कम्पनीबाट म्यादी बीमा गराएको प्रमाण संकलन अनिवार्य छ ।

श्रम स्वीकृतिको प्रयोजनका लागि तोकिए बमोजिमको रकमको बीमा गर्दा नेपाल सरकारको प्रचलित कानून बमोजिम दर्ता भएका जुनसुकै जीवन बीमा कम्पनीबाट गराउन सक्ने व्यवस्था रहेको छ । म्यादी बीमा गरी बीमा प्रीमियम वापतको रकम समेत अनलार्ईन प्राणालीबाट भुक्तान गर्न सक्ने समेत व्यवस्था रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० श्रावण २०७८, बुधबार  १८ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।